बुटवल । तिनाउ नदी तर्ने क्रममा बुटवलमा एकजना बेपत्ता भएका छन् ।
बुटवल ११ सिरानगाउँ मजुवा ३ नं. टोल निवासी डिल्लीराज अर्याल तिनाउ नदी तर्ने क्रममा बगेका हुन् ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय गर्दै आएका थिए । बेपत्ता अर्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।