एकलाख फिरौती रकम नदिँदा युवकको हत्या  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकलाख फिरौती रकम नदिँदा युवकको हत्या 


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । फिरौती रकम नदिँदा विराटनगरमा एक युवकको हत्या भएको छ । विराटनगरस्थित बसपार्कको एक होटेलमा  सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदाको हत्या भएको हो ।  

उनलाई अपहरण गरेर विराटनगर ल्याई स्थानीय न्यू अप्सरा गेस्ट हाउसमा हत्या भएको प्रहरीले जनाएको छ । कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेस्ट हाउसमा राखिएको अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जानकारी दिएको छ । 

एक लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।

सदा सामान्य किसान परिवारका हुन् । उनको असोज २७ गते बेलुका हत्या भएको बताइएको छ । उनको शव गेस्टहाउसको बक्सपलङभित्र फेला परेको थियो ।  

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस