गठबन्धनको दुई तिहाइ बहुमत आउँछ : पौडेल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गठबन्धनको दुई तिहाइ बहुमत आउँछ : पौडेल


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर १ तनहुँले गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाइ बहुमत ल्याउनका लागि गठबन्धन भएको बताए ।

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । “नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो”, वरिष्ठ नेता पौडेलले बताए । उनले कार्यकर्तालाई अधिनायकवाद विरुद्ध लड्न गाउँ-गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस