नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । शुक्रबारबाट पोखरामा औपचारिक रूपमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले बताएका छन् । सदस्य सचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरूले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरिएको उनले बताए । सदस्यसचिव घिसिङले राष्ट्रिय खेलकुदमा सबै सर्वसाधारणलाई रङ्गशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी दिए । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढी पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने पनि बताए ।

सदस्यसचिव घिसिङले सातौँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टिकाबहादुर बोगटीले नवौँ राष्ट्रिय खेलकुदको दीप प्रज्वलन गर्ने पनि जानकारी दिए । नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता कात्तिक तीन गते सम्पन्न आयोजना हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस