सङ्घको साइड इफेक्ट : मधेस प्रदेशमा काँग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्घको साइड इफेक्ट : मधेस प्रदेशमा काँग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । केन्द्र सरकारमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरूलाई हटाएसँगै त्यसको साइड इफेक्ट मधेस प्रदेशमा देखिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका जसपाका चारजना मन्त्रीलाई हटाएसँगै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो मन्त्रीमण्डलमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका हुन् ।

हाल मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली काँग्रेसका तीन जना मन्त्रीहरू छन् । 

जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि  देउवाले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस