जसपाका ४ मन्त्री पदमुक्त, कानुन मन्त्रालयको जिम्मेवारी कार्कीलाई  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जसपाका ४ मन्त्री पदमुक्त, कानुन मन्त्रालयको जिम्मेवारी कार्कीलाई 


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाएका हुन् ।

जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरूको मन्त्रालयको जिम्मेवारी पनि आफैँले राखेका छन् । यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् ।

सम्बन्धित समाचार : चार मन्त्री बर्खास्तीका लागि राष्ट्रपति कार्यालयमा पुग्यो नामावली

Tags :
प्रतिक्रिया दिनुहोस