उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । रुपन्देही-२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बैङ्किङ कसुर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए ।

रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस