२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले माग्यो राप्रपालाई मत

अ+ अ-

काठमाडौँ । एमाले झापाले राप्रपाका उम्मेदवारलाई भोट मागेको छ ।

एमाले झापाका अध्यक्ष दीपक कार्कीले जारी गरेको विज्ञप्तिमा राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवार र एमालेका सूर्य चुनाव चिन्हका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गरिएको छ ।

स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै झापामा राप्रपासँग चुनावी तालमेल गरिएको उनको भनाइ छ । ‘राष्ट्रियता, लोकतन्त्र, समृद्धि र जनजीविकाको लागि, देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल आवश्यक परेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट सविना बजगाईँ र प्रदेशसभा निर्वाचन क्षेत्र नं ४ (ख) बाट भक्तिप्रसाद सिटौला उम्मेदवार बन्नु भएको छ ।’

झापाको अन्य निर्वाचन क्षेत्रहरूमा भने एमालेका उम्मेदवार रहेको विज्ञप्तिमा उल्लेख छ । केही निर्वाचन क्षेत्रहरूमा पार्टी निर्णयको बर्खिलाप हुने गरी स्वतन्त्र उम्मेदवारी दिने अन्य पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्ने सम्मका पार्टी विरोधी गतिविधि भएको भन्दै एमालेले पार्टी विरोधी गतिविधि गर्ने अर्जुनधाराका हरिकुमार राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई यसअघि नै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी सकिएको जनाएको छ ।

यस्तै झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पार्टी निर्णयको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य डम्बर गिरीलाई पार्टी अनुशासन उल्लङ्घन गरेकोले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पनि एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस