मोरङ-६ मा फेरि शेखर भर्सेस लालबाबु, यस्तो छ अङ्कगणित ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोरङ-६ मा फेरि शेखर भर्सेस लालबाबु, यस्तो छ अङ्कगणित !


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भिडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् ।

पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला रहेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ ।

पण्डित र कोइरालाका साथै राप्रपाका गोपाल क्षेत्री, नेमकिपाबाट चिरञ्जीवी खतिवडा, जनमत पार्टीबाट बुद्धिराम माझी, हाम्रो नेपाली पार्टीबाट टेकबहादुर अधिकारी क्षेत्री, जनता प्रगतिशील पार्टी, नेपालबाट प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, मङ्गोल नेशनल अर्गनाइजेसनबाट मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दुखाराम माझी, बहुजन शक्ति पार्टीबाट नारायण पासवान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यादवकुमार प्रधान दलीय उम्मेदवार हुन् । अन्य उम्मेदवारहरू सुशील खड्का, सरोज नेपाल र लक्ष्मी थेबे भने स्वतन्त्र हुन् ।

सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत अनुसार काँग्रेसे २७०८६, एमाले २४५५६, माओवादी ४९९६, जसपा ३९३९, राप्रपा ३११५, एस २३५५ र लोसपाको ८९५ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस