टिकट नपाएका भीम रावलले केपी ओलीमाथि पोखे यस्तो असन्तुष्टि (पूर्णपाठ) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिकट नपाएका भीम रावलले केपी ओलीमाथि पोखे यस्तो असन्तुष्टि (पूर्णपाठ)


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर पार्टीको विधि र सिद्धान्त विपरीत तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका हुन्।

लोसपाका नेताहरूलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुकर्म गरेकाहरूलाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ ? भन्दै विभिन्न प्रश्न गरे।

युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आक्रोश पोखे । निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे।

पूर्णपाठ !

Tags :
प्रतिक्रिया दिनुहोस