गण्डकीविरुद्ध एपीएफको १४ बलमै सानदार जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकीविरुद्ध एपीएफको १४ बलमै सानदार जित


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एपीएफले २७ रनको सामान्य लक्ष्य १४ बलमै पूरा गरेको हो ।

एपीएफको तर्फबाट सीताराना मगरले ५ बलमा २ चौका प्रहारसहित १२ रन र इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडेका थिए ।

गण्डकीका सृष्टि जैसीले ओपनर ज्योति पाण्डेको विकेट लिएकी थिइन् । ज्योतिले ६ बलमा २ रन बनाइन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिलो व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सृष्टि जैसीको ५ रन गण्डकीको ठूलो स्कोर थियो ।

एपीएफकी प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिएकी थिइन् । सुमन विष्ट, नेरि थापा, निशा भट्ट र सीता रानामगरले समान एक विकेट लिए । चार खेलाडी रन आउट भएका थिए ।

जितपछि एपीएफ समूह ‘ए’ को शीर्षस्थानमा पुगेको छ । एपीएफले २ खेलमा २ जितसहित ४ अङ्क जोडेको छ ।अहिले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको अर्को खेल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस