मलाई हराउन नसकिने भएपछि टिकट नै खोसियो : भीम रावल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मलाई हराउन नसकिने भएपछि टिकट नै खोसियो : भीम रावल


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन्।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।

‘मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लङ्घन भएकोमा प्रश्न उठाएको हुँ। एमालेमा योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छु’ उनले भने।

आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाए।

‘होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ ?,’ उनले भने।

अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस