२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

अ+ अ-

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ ।

प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको जानकारी दिए ।

यस्तै इजाजत विनाका हतियार समेत फेला परे तत्काल बुझाउन प्रशासनले आग्रह गरेको छ । प्रहरीमा बुझाएका हतियार चुनाव सकिएपछि पुन व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।

गाँजासहित युवक पक्राउ
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले एक किलो ३०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । तानसेन वडा नं। ३ का १८ वर्षीय युवक परिभेष श्रेष्ठालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।