इमाडोलमा चिकित्सक मृत फेला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

इमाडोलमा चिकित्सक मृत फेला


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा चिकित्सक मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौँको सिभिल अस्पतालमा कार्यरत २८ वर्षीया सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

जनकपुर घर भएकी डाक्टर पाठकको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ । डेरामा ढोका बन्द गरेको अवस्थामा उनी मृत फेला परेकी हुन् । आमासँग बस्दै आएकी डा.पाठकले एक्लै भएको बेला आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस