फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतङ्कवादी सूचिमा, अदालतले दियो निरन्तरता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतङ्कवादी सूचिमा, अदालतले दियो निरन्तरता


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । रुसको वित्तीय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतङ्कवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो।

रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपिल अस्वीकार गरेको छ ।

अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहहरूजस्तै आतंकवादीजस्तै आतङ्कवादी र अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सहजै यसबाट सञ्चालित सामाजिक सञ्जालको प्रयोग गर्न पाउनेछैनन् ।

इन्टर फ्याक्स समाचार संस्थालाई हवाला दिँदै अलजजिराले मेटाका वकिलले आफ्नो प्लेटफर्ममा कुनै चरमपन्थी गतिविधि नचलाइएको स्पष्टीकरण दिएको उल्लेख गरेको छ । मार्चदेखि नै रुसमा फेसबुक चल्न छाडे पनि कतिपय प्रयोगकर्ताले भीपीएनमार्फत चलाइरहेका छन् ।

रुस–युक्रेनबिच बढ्दो तनावलाई मध्यनजर गर्दै रुसले अमेरिकाको चर्चित प्रविधि कम्पनी मेटाविरुद्ध प्रतिबन्ध लगाएको हो ।

यसबारे मेटाले कुनै प्रतिक्रिया दिइसकेको छैन । रोसफिन मोनिटरिङले जारी गरेको सूचीमा अतिवादी र आतङ्कवादी गतिविधिमा संलग्न रहेको नाम र सङ्गठनको विवरण खुलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस