२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा १५ सिटको लागि १ सय ४४ जनाको उम्मेदवारी

अ+ अ-

अत्तरिया । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ ।

प्रमुख दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि ३२ जनाको उम्मेदवारी परेको छ । कैलालीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका दुई स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ १ (क)मा सात राजनीतिक दलबाट छन् भने तीन स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको प्रदेश (ख) मा आठ राजनीतिक दलबाट छन् भने चार स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।

कैलालीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जना र प्रदेशसभातर्फ क्षेत्र नं २ (क) मा एक स्वतन्त्र र आठ राजनीतिक दलका गरी नौ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ को (ख) मा चार स्वतन्त्र र सात जना राजनीतिक दलको गरी ११ जनाको उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा दुई स्वतन्त्र र छ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को (क) मा दुई स्वतन्त्र र छ राजनीतिक दलका गरी आठ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ३ को (ख) मा सात जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभामा एक स्वतन्त्र र नौ राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ४ को (क) मा ६ स्वतन्त्र र सात राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ४ को ( ख) मा दुई जना स्वतन्त्र र चार राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ५ को (क) मा एक स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं ५ को (ख) मा एक स्वतन्त्र र सात राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस