रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आइसिसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ।

यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अस्ट्रेलियाका क्यामरुन ग्रिन पनि रहेका थिए । मोहम्मद रिजवान हाल आइसिसी टी–२० ब्याटिङ वरियतामा नम्बर एकमा छन् ।

‘प्लेयर अफ द मन्थ’ छनोट भएपछि मोहम्मद रिजवानले भने, ‘म अल्लाहलाई धन्यवाद दिन चाहन्छु। साथै ती सबै मानिसहरूलाई धन्यवाद व्यक्त गर्दछु जसको सहयोगमा मैले यो अवार्ड जित्न सफल भएको छु।’

Tags :
प्रतिक्रिया दिनुहोस