२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं.५ मा नै रहेका छन् । त्यसमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं.५ मा महिलालाई उम्मेदवारी नबनाए पनि अन्य साना दलका चारजना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वतन्त्र ३३ गरी झापामा १०१ जनाको उम्मेदवारी रहेको छ । जसमा झापा क्षेत्र नं. १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बिस जना, ३ मा १८ जना, ४ मा एक महिलासहित १० र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।