झापा ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

झापा ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं.५ मा नै रहेका छन् । त्यसमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं.५ मा महिलालाई उम्मेदवारी नबनाए पनि अन्य साना दलका चारजना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वतन्त्र ३३ गरी झापामा १०१ जनाको उम्मेदवारी रहेको छ । जसमा झापा क्षेत्र नं. १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बिस जना, ३ मा १८ जना, ४ मा एक महिलासहित १० र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस