हुम्लामा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु, ५ घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हुम्लामा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु, ५ घाइते


२४ आश्विन २०७९, सोमबार


सुर्खेत । पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस