कालिकोटका विभिन्न ठाउँमा पहिरो, २३ जना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालिकोटका विभिन्न ठाउँमा पहिरो, २३ जना बेपत्ता


२४ आश्विन २०७९, सोमबार


कालिकोट । कालिकोटमा २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले तिलागुफा नगरपालिका, सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाका लगायतका स्थानमा पहिरोमा परेर २३ जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रवक्ता सुरेश राजबमले तिलागुफा नगरपालिका-४ राँचुलीमा पहिरो जाँदा १५ जना बेपत्ता भएको बताए। मलामि गएका १५ जनानै सम्पर्कबिहीन भएका छन्। स्थानीयले पहिरोमा पुरिएको आशंका गरेका छन्। राँचुली गाउँमाथिबाट आएको पहिरोले स्थानीय विस्थापित भएका छन् ।

उनका अनुसार तिलागुफा नगरपालिका-७ बालिमा पहिरो जाँदा ६ जना, सानी त्रिवणी गाउँपालिका -९ मुन्द्रामा पहिरो जाँदा १ जना र पचालझरना गाउँपालिका-७ सिमसेलामा १ जना गरी २३ जना बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ। प्रहरीले अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस