बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी 


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङबाट ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान १० बजेदेखि ५ बजेसम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धनबाट एकल उम्मेदवार नेकपा समाजवादीका नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेमराज जोशी र स्वतन्त्रबाट नेपाली  काङ्ग्रेसका नेता तथा पूर्व पार्टी सभापति हर्क जङ्ग सिंह, माओवादी केन्द्र का नेता लोकेन्द्र सिंह धामी, रामचन्द्र राना र  डम्बर बहादुर खडकाले  उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेता पृथ्वी बहादुर सिंह, नेकपा एमालेबाट अफिलाल, राप्रपा नेपालबाट  ओखेडा, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कर्ण बहादुर खडका, स्वतन्त्रबाट जयभक्त जोशी र जगत प्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस