ओनसरी घर्तीले पाइन् काडमाडौँ-२ बाट टिकट « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओनसरी घर्तीले पाइन् काडमाडौँ-२ बाट टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ।

गठबन्धनबाट माओवादीको भागमा परेको क्षेत्रमा अध्यक्ष प्रचण्डले घर्तीलाई टिकट दिएका हुन्।

रुपन्देही–१ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौँ–२ मा टिकट दिइएको हो।

माओवादीबाट स्थानीय कृष्णराज सुवेदी बलिया दाबेदार भए पनि अन्ततस् उनलाई पार्टीले टिकट दिएन।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जित्दै आए पनि उनी सुरक्षित क्षेत्र खोज्दै रौटहट(–१ पुगेका छन्।

काठमाडौँ–२ मा एमालेले मणिराम फुयाललाई टिकट दिइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस