धनराजले स्याङ्जा २ बाट पाए टिकट « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

धनराजले स्याङ्जा २ बाट पाए टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट उम्मेवार बन्ने भएका छन् ।

स्याङ्जा १ गृह क्षेत्र भएका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट पाएका हुन् ।

उनको प्रतिस्पर्धा नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग हुने छ । गुरुङको यो पहिलो चुनावी प्रतिस्पर्धा हो ।

स्याङ्जा क्षेत्र नम्बर १ मा जिल्ला सभापति राजु थापालाई कांग्रेसले टिकट दिएको छ । सत्ता गठबन्धनको भागबण्डामा प्रतिनिधि सभातर्फ स्याङ्जाका दुबै क्षेत्र नेपाली कांग्रेसले पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस