दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी गरेका छन् । 

रुपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले पार्टीभित्र १० बुँदे सहमतिको कुरा उठाउने र त्यसकै मर्मअनुसार अघि बढ्नुपर्छ भन्नेहरूलाई ओलीले सिध्याउने कोसिस गरेको र दश बुँदे सहमति गर्ने तर ओलीले जे भन्यो त्यै मान्नेहरूलाई भने टिकट दिइएको बताएका हुन् । 

एमाले पार्टी अध्यक्ष ओलीबाट अपहरित भएकाले पनि आफूहरूले विद्रोह गरेको भुसालको भनाइ छ।

आउँदो चुनावको लागि जिल्ला कमिटीले भुसालको नाम पठाए पनि अध्यक्ष ओलीले उनलाई टिकट नदिएपछि बिहान भुसालले पार्टी त्यागेको समेत घोषणा गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस