एकै परिवारका तीनजनाको शव झुन्डिएको अवस्थामा फेला « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एकै परिवारका तीनजनाको शव झुन्डिएको अवस्थामा फेला


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर-६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

घरबाट झन्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेलापरेको उनले बर्ता । हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेलापरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । 

बिहान स्थानीयले रुखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस