सभामुख सापकोटाले छाडे सरकारी सुविधा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख सापकोटाले छाडे सरकारी सुविधा


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी सेवा सुविधा छाडेका छन् ।

उनले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

“सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा आजदेखि सरकारी सेवा सुविधा छोडेर निजी निवासमा फर्कनुभएको छ । २०७९ असोज २२,” न्यौपानेको सन्देशमा उल्लेख छ ।

उनले आजै मात्र आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस