२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले छाडेको चितवन-३ मा को बन्ला माओवादी उम्मेदवार ?

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएपछि चितवन ३ मा माओवादी केन्द्रबाट को उम्मेदवार बन्ला भन्ने चासो विषय बनेको छ ।

प्रचण्ड अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर यसपटक उनले गोरखा २ रोजेका छन् ।

सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डामा चितवन ३ माओवादीकै भागमा परेको छ । यो क्षेत्रमा माओवादीको सम्भावित उम्मेदवारको रूपमा तीन जनाको नाम चर्चामा छ । सूर्य सुवेदी (पथिक), ठाकुर ढकाल र निशा न्यौपाने सम्भावित उम्मेदवारहरू हुन् ।

सुवेदीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको स्वकीय सचिव भएर काम गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकता भङ्ग भएपछि थापाले एमाले रोज्दा सुवेदीले माओवादी रोजेका थिए ।

यसैगरी ठाकुर ढकाल माडीको पूर्व मेयर हुन् । उनी यसपटक पनि मेयरको आकाङ्क्षी थिए तर उनले टिकट पाएनन् । माओवादी उम्मेदवार ऋषिराम काफ्ले एमाले उम्मेदवार तारा कुमारी काजी महतोसँग पराजित भएका थिए । ढकालले मेयरको टिकट नपाएको र उनी प्रचण्डसँग निकट पनि भएकाले प्रतिनिधि सभामा उनैलाई सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ ।

निशा न्यौपाने माओवादीका शहीद दण्डपाणि न्यौपानेकी छोरी एवम् माओवादी चितवन जिल्ला संयोजक आरसी अधिकारीकी श्रीमती हुन् । न्यौपाने प्रचण्डको संसदीय सचिवालयमा स्वकीय सचिव थिइन् ।

माओवादी चितवन जिल्लाका एक नेताले सुवेदी, ढकाल र न्यौपानेको नाममा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस