काठमाडौँ । मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
आइतबार इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
मधेस प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिने उल्लेख छ।







