जसपासँग एमालेले गर्‍यो गठबन्धन, प्रतिनिधि सभामा दियो १७ सिट (सूचीसहित) « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

जसपासँग एमालेले गर्‍यो गठबन्धन, प्रतिनिधि सभामा दियो १७ सिट (सूचीसहित)


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । आसन्न निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेलको सहमति भएको छ।

शनिबार एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन्।

दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति भएको छ। 

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ।

एमालेले भने ३५ सिट लिने सहमति भएको छ।

प्रदेशसभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस