सन्दीपलाई क्रिकेट सङ्घका अध्यक्ष चन्दले भेटे « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

सन्दीपलाई क्रिकेट सङ्घका अध्यक्ष चन्दले भेटे


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट सङ्घका अध्यक्षले भेटेका छन् । प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका हुन् । 

शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।

विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले सन्दिपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस