लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ  जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ।

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शिव प्रसाद खनाल, प्रमुख  जिल्ला अधिकारी सुशील बैध, जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटा , सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

बिहीबार नै जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसी निर्वाचन व्यवस्थापनको लागि आवश्यक कोठा र फर्निचर जिल्ला समन्वय समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय  समेत गरिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश खनालले बताए। एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन्।

लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ नयाँ मतदाता थपिएको  निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए। जिल्लामा यससँगै ६८ हजार २ सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् । 

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि लमजुङमा एक सय २८ मतदानस्थल र एक सय ८६ वटा मतदान केन्द्र कायम गरेको छ। स्थानीय निर्वाचनपछि लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस