वाग्मतीमा बाढी, साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मतीमा बाढी, साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । केही दिनदेखिको वर्षाका कारण देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्नेक्रम जारी छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

वाग्मती नदीमा पनि जल सतह उल्लेख्य बढेको छ । वाग्मती नदी खोकना जलमापन केन्द्रमा जल सतह उल्लेख्य बढी सतर्कता तह आसपास पुगेको विभागले जानकारी दिएको छ ।

नदी तटीय क्षेत्रमा रहनेले आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस