प्रहरीले गोली चलाउँदा बालबालिकासहित ३१ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरीले गोली चलाउँदा बालबालिकासहित ३१ जनाको मृत्यु


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा एक पूर्वप्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तको नोङ बुवा लाम्फुमा अवस्थित बालबालिका हेरचाह केन्द्र ९नर्सरी०मा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ । 

आक्रमणपछि बन्दुकधारी अझै फरार छन् । मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हान्नुका साथै छुरा पनि प्रहार गरेको बताएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

यसअघि सन् २०२० मा एक सैनिकले २१ जनाको हत्या गरेका थिए । थाइल्याण्डमा यस्ता घटना विरलै हुनेगर्छ ।

प्रधानमन्त्रीले सम्बन्धित सरकारी निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न निर्देशन दिएको एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस