लुम्बिनी प्रदेश बाढी-डुबेर ४ जनाको मृत्यु, दुई बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश बाढी-डुबेर ४ जनाको मृत्यु, दुई बेपत्ता


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा अविरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ।

दाङमा दुई जनाको मृत्यु भएको छ भने अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो।

त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डुबेर मृत अवस्थामा फेला परेका थिए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार अर्घाखाँचीको सन्धीखर्च गाउँपालिका वडा नम्बर ७ स्थित खञ्ज्याङ खोलाको बाढीले बगाउँदा १० वर्षीय समीर पौडेलको मृत्यु भएको छ।

त्यस्तै गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा आरोही खोलामा आएको बाढीले बगाउँदा ३१ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ।

बुधबार दिउँसो गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता रहेका घोराही उपमहानगरपालिका वडा नम्बर १० का ५४ वर्षीय कल्लु चौधरीको अवस्था अझै अज्ञात छ।

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ झिवाङका ५ वर्षीय सुशान केसी पनि बगेर बेपत्ता छन्। उनको खोजी कार्य जारी छ। 

यी सबै घटना बुधबारकै रहेको प्रहरी निरीक्षक जिसीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस