बाढी, पहिरो र डुवानपीडितको उद्धार र राहतमा  लाग्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढी, पहिरो र डुवानपीडितको उद्धार र राहतमा  लाग्न गृहमन्त्रीको निर्देशन


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुवानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशनदिएका छन् । 

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गर्दै सरकारको प्रमुख दायित्व भनेको नागरिकको जीउ धन र सम्पत्तिको रक्षा भएकाले त्यसमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका हुन् । 

उनले अर्घाखाँची, प्युठान, रुपन्देही, दाङलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बाढी, पहिरो र डुबानले जनधनको क्षतिबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता  फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनले प्राकृतिक प्रकोपमा परेका जनताको उद्धार, उपचार र राहतका जिल्लामा भएको स्रोत साधनको उपयोग गर्न र नपुगेको तत्कालका लागि आवश्यक पर्ने स्रोत साधनको मन्त्रालयमा माग गर्न निर्देशन दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस