बारा बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारा बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ। बाराको अमलेखगञ्जमा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पताल र सहकारीमा थप १-१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ६ महिला छन् । उनीहरूको सनाखत हुन बाँकी छ ।

इन्स्पेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस