२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशमा झरे ज्ञवाली, चितवन २ मा कृष्णभक्तको बाटो खुल्यो

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बाटो खुलेको छ ।

निवर्तमान संसद पोखरेलसँगै पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको नाम सिफारिस भएको थियो । तर चितवन जिल्ला इन्चार्ज समेत रहेका ज्ञवाली प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएपछि पोखरेललाई सहज भएको हो ।

पार्टीलाई एकतावृद्ध र बलियो बनाउन केन्द्रको दाबी छाडेर प्रदेशको उम्मेदवार बन्न सहमत भएको ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार अब उनी चितवन(२ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनेछन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका पोखरेल २०७० यही निर्वाचन क्षेत्र (साविक चितवन क्षेत्र नं. ३, हालको २) बाट संविधानसभा सदस्य चुनिएका थिए भने २०७४ मा पनि यहीबाट निर्वाचित भएका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत पाएका थिए ।

यो निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् ।

स्थानीय निर्वाचनमा इच्छाकामनामा अध्यक्ष र उपाध्यक्षसहित ७ वडामध्ये ५ वडामा जितेको एमालेले कालिकामा नगरप्रमुख र उपप्रमुखसहित ११ मध्ये ४ वडा जितेको छ ।

भरतपुर महानगरपालिकाकाको १,२,३,४,५,७,१०,११,१२ र २९ वडामध्ये तीन वटा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस