काँग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने भएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबै पार्टी पङ्क्तिलाई एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालन गर्ने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिको अर्को बैठक असोज २० गते बिहान ९ बजेका लागि बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस