राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवतीको पूजाआजा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवतीको पूजाआजा


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँको आठौँ दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजा गरेकी छन् ।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन्। 

जिल्लाको साबिक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्ति पीठमध्येको एक हो ।

काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस