उपविजेता महिला बास्केटबल टोली फर्कियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपविजेता महिला बास्केटबल टोली फर्कियो


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । माल्दिभ्समा सम्पन्न साबा च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला बास्केटबल टोली शनिबार नेपाल फर्किएको छ ।

माल्दिभ्सको मालेमा सम्पन्न साबा च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको थियो ।

नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्ससँग पराजित भएपछि उपविजेतामा सीमित बन्नु परेको हो । तेस्रो क्वार्टरमा नेपाल माल्दिभ्सविरुद्ध अग्रता बनाए पनि अन्तिम क्वार्टरको अन्तिम समयमा ५१–४७ को स्कोरमा पराजित भएको थियो ।

त्यही हार नेपालको लागि उपाधि जित्नका लागि तगारो बन्यो । नेपालले दोस्रो खेलमा साबिक विजेता श्रीलंकालाई ५५–४९ को स्कोरमा पराजित गरेको थियो भने तेस्रो खेलमा भुटानलाई ६५–२६ को स्कोरमा हराएको थियो ।

साबा च्याम्पियनसिपमा श्रीलंकाले उपाधि जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस