महानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । दशैं बिदामा काठमाडौँ महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।

यस्तै, महानगरमा २४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेङ्गुको बारेमा पनि जानकारी लिन सकिने शाहको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस