भारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ-जी मोबाइल सर्भिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ-जी मोबाइल सर्भिस


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । भारतमा फाइभ-जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ । दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ-जी मोबाइल सर्भिसको उद्घाटन गरे ।

यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित ८ शहरमा फाइभ-जी सेवा सुरु भएको हो । अर्को वर्षसम्म देशभर विस्तार गर्ने लक्ष्य छ ।

कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ-जी सर्भिस सुरु भएको जानकारी दिए । साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस