डोटी प्रशासनले भन्यो : कार्तिक ५ गतेभित्र प्रहरीलाई हातहतियार बुझाउनु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटी प्रशासनले भन्यो : कार्तिक ५ गतेभित्र प्रहरीलाई हातहतियार बुझाउनु


१५ आश्विन २०७९, शनिबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला बासीलाई जानकारी गराएको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले एक सूचना जारी गर्दै यही कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हातहतियार बुझाउन जानकारी गराएकी हुन् ।

२०६९ साल मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरूलाई केही समयको लागि नजिकको प्रहरी युनिटमा बुझाउन जानकारी गराएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

निर्वाचन सम्पन्न भएको एक हप्ता पछि हातहतियार धनीलाई नै फिर्ता गरिने सुचनामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस