लाल मोहम्मद हत्या प्रकरणमा संलग्न तीन नेपाली सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लाल मोहम्मद हत्या प्रकरणमा संलग्न तीन नेपाली सार्वजनिक


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौँ आएका प्रहरीले बताएको छ । काठमाडौँमा उनीहरूले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।

पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको उनले जानकारी दिए ।

मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए । उनको पृष्ठभूमिलाई जोडेर मोहम्मदको हत्यामा भारतीय खुफिया निकायको संलग्नता हुनसक्ने आशङ्का गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस