रातदिन खटेर भएपनि छिटो निवास निर्माण गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रातदिन खटेर भएपनि छिटो निवास निर्माण गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् । 

बिहीवार भैँसेपाटी पुगेर निर्माणाधीन भवनहरूको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रात दिन काम गर्न निर्देशन दिए । 

निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै उहाँले भविष्यमा कुनै आयोजनाहरू गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए । 

अध्यक्ष तिमिल्सिनाले भैँसेपाटीको सडक जीर्ण अवस्थामा रहेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले सडकको बिग्रँदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे । 

अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरूलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे । 

आफू मन्त्री भएको भए स्पष्ट योजना र दृष्टिकोण भएको मान्छेलाई सम्बन्धित विभागको महानिर्देशक नियुक्त गर्ने उनको भनाइ छ । 

सम्बन्धित जिम्मेवार मान्छेलाई कडाइ नगरेसम्म काम हुन नसक्ने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस