राप्रपाको कार्यालय भवन हटाउन काठमाडौँ महानगरले गर्‍यो माइकिङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौँ महानगरले गर्‍यो माइकिङ


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।

काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ ।

महानगरपालिकाले विद्युत् प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए ।

राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राज भण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस