डेंगुबाट एकैदिन २ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेंगुबाट एकैदिन २ जनाको मृत्यु


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । त्यस्तै, ५४० जनामा डेंगु संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौँ उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस