हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन् « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्


१३ आश्विन २०७९, बिहिबार


हुम्ला । हिन्दूहरुको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरीे बताउछन् ।

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस