२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन देउवा तयार

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएको छ ।

यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर-गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा दिन देउवा तयार भएका छन् । इतर समूहले ४० प्रतिशतलाई टाइमलाइन बनाएको थियो ।

पार्टीभित्र सङ्घर्ष, त्याग तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका आधारमा कसैलाई अन्याय हुन नदिनेमा प्रधानमन्त्री प्रतिबद्ध रहेको सचिवालयका एक सदस्यले बताए ।

असोज ३ गते काँग्रेसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूची एकपक्षीय भएको भन्दै शेखर-गगन समूहले खबरदारीका कार्यक्रमहरू गरिरहेको छ । यो समूहका नेता-कार्यकर्ताले हिजो पार्टी केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो ।

यसैक्रममा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा देउवाले समानुपातिक सूची सच्याउने प्रतिबद्धता जनाएका थिए । शेखर समूहले उक्त बन्दसूची सच्याउन आजसम्मको अल्टिमेटम दिएको थियो । सत्तारुढ गठबन्धनबीचमा भइरहेको सीट बाँडफाँटमा पनि आफ्नो समूहका नेताको सम्भावना रहेको ठाउँमा अन्यलाई नै दिने तयारी भएको इतर समूहको आशङ्का थिए । उनीहरू देशभर उम्मेदवार दिने तयारीका साथ छुट्टै सूचीको गृहकार्यमा समेत जुटेका थिए ।

अहिले सभापति देउवाले शेखर कोइरालासहित सो समूहका शीर्ष नेता र पार्टी पदाधिकारीलाई बालुवाटार डाकेर छलफल गरिरहेका छन् । बन्दसूची संशोधन गर्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बताएको छ।