बसुन्धाराबाट ६ जना जुवाडे २ लाख ९९ हजार सहित पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बसुन्धाराबाट ६ जना जुवाडे २ लाख ९९ हजार सहित पक्राउ


१३ आश्विन २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन्। उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस